अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

समाचारदाता : गोपाल पौडेल

२०८१ पुस २३ गते ।

धराने मिडिया : अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

पुस २३ गते डलरको मूल्यले पुस २० गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। पुस २० गतेको तुलनामा ९ पैसा बढेर डलरले नयाँ रेकर्ड बनाएको हो।

मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ६३३ पैसा तोकेको छ भने खरिददर १३७ रुपैयाँ ३ पैसा तोकेको छ।

यस अघि पुस २० गते डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा पुगेर रेकर्ड बनाएको थियो।