दोस्रो भारतिय भुपु सैनिक भलिबल प्रतियोगिताको विजेता धरान

समाचारदाता : गोपाल पौडेल

२०८१ पुस २५ गते ।

धराने मिडिया : दोस्रो अन्तर भारतिय भुपु सैनिक भलिबल प्रतियोगिताको उपाधि धरानले हात परेको छ। 

गत बुधाबार भारतिय राजदूतावास पेन्सन वितरण कार्यलय धरानको भलिबल प्रांगणमा भएको फाइनल खेलमा धरानले उक्त प्रतियोगीता जित्न सफल भएको हो।

अङ्ग्रेजि नयां वर्षको अवसरमा पौष २२,२३ र २४ गते उक्त प्रतियोगिता आयोजना भएको थियो। पूर्वाञ्चलका विभिन्न पांच जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाबाट जम्मा ११ टोली प्रतियोगिता सहभागी भएका थिए।

पौष २२ गते  प्रतियोगिताको उद्घाटन भारतिय राजदूतावास पेन्सन वितरण कार्यलय धरानका प्रमुख मेजर भरत कनोजियाले दिप प्रज्वलन गरि गरेका थिए।

07b2ff49-9fcd-482f-84b1-b2b5120ed51f6f58c43d-8f7d-4caa-b788-2df2a885f15a

प्रतियोगितामा धरान"क", बेलबारी, बेलटार, धनकुटा, दुधे, तरहरा, धरान"ख", विर्तामोट, दमक, शान्तिनगर र पेन्सन वितरण कार्यलय धरान टोलिको सहभागी रहेको थियो।

कार्यक्रमको संचालन क्यापटेन कृष्ण बहादुर थापाले गरेका थिए भने व्यावस्थापन क्यापटेन चन्द्र बहादुर राईले गरेका थिए। विजेता टोलिलाई २६ जेनेवरी भारतको गणतन्त्र दिवस अवसरमा भारतिय राजदूतावास पेन्सन वितरण कार्यलय धरानमा कार्यक्रमको दिन पुरस्कार वितरण गरिने छ।

0290d1cf-fe1a-4944-b950-9bb3b00619cc049126ce-c4c6-415d-93fc-faf794524582de9e5a47-3e33-47e5-9735-9521c88b5401f800048d-3161-4c68-ac5b-a26f63ecfe8f