२५ औं बुढासुब्बा गोल्ड कपको माग १९ देखी, भुटानका राष्ट्रिय टोलि सहभागी हुने
समाचारदाता : गोपाल पौडेल


२०८१ पुस २८ गते ।
धराने मिडिया : २५ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता माघमा हुने भएको छ। प्रतियोगिताबारे आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
धरान उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ ।
प्रतियोगितामा एनाआरटि क्ल्ब काठमाण्डौ, चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, ईटहरी जागृती क्लब, युके एफसी (भारत), मच्छिन्द्र क्लब काठमाडौं, काकाडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लबको सम्भावित सहभागी टिमहरु रहेका छन।
प्रतियोगिताको विजेतालाई नगद रु १० लाख, उप-विजेतलाई नगद रु ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उत्कृष्ट खेलाडीले एक लाख र हरेक खेलको प्लेयर अप दी म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन।
२४ औँ गोल्डकपको विजेता एनआरटी क्लव काठमाडौँ, उपविजेता जिल्ला फुटबल सङ्घ मोरङ रहेको थियो ।
पत्रकार सम्मेलन कार्यक्रममा धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ, प्रमुख अतिथि धरान शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश खतिवडा, विशेष अतिथी कोशी प्रदेश फुटबल सघ अध्यक्ष किशोर राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।