भारतको ७६ औं गणतन्त्र दिवस, धरानमा भब्य कार्यक्रम
समाचारदाता : गोपाल पौडेल


२०८१ माघ १३ गते ।
धराने मिडिया : भारतको ७६ औ गणतन्त्र दिवसको उपलक्ष्यमा भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय (पी पी ओ) धरानले हरेक वर्ष झै यो वर्षपनि २६ जनवरी २०२५ का दिन नेपाल सरकारका उच्च ओहोदेदारहरुको साथ विशेष अतिथिबाट पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रमको शुरुवात पिपिओ धरानको प्रभारी अधिकारी मेजर भरत कनोजियाले भारतको राष्ट्रीय झण्डोत्तलन गरेर तथा शहिद स्मारकमा माल्र्यापण गरेका थिए ।
त्यस पश्चात स्वागत मन्तव्यको क्रमममा कार्यालय प्रमुख मेजर भरत कनोजिया ज्युले प्रमुख अतिथि साथै सम्पुर्ण आमन्त्रीत जनहरुलाई धन्यवाद दिनुको साथै पेन्शन वितरण कार्यालयको कार्य विवरण बारे प्रकाश पार्नु भयो ।
यस अवसरमा वीरनारी तथा वीर पदक धारकहरु १० जनालाई ब्ल्याङकेट तथा दोसल्ला ओढाएर सम्मान तथा हालै पेन्शन नृवृ्रत भएका पेन्शनरहरुलाई फस्ट पेन्शन पेमेन्ट भाउचर प्रदान गरिएको थियो ।
भारतीय राजदुतावास डिफेन्स विग्ंस काठमाण्डौबाँट नेपालस्थित भारतीय भूपू सैनिकहरुको लागि हरेक बर्ष छापिने पत्रिका “भूपू २०२५” को संस्करणको लोकार्पण गरिएको थियो ।
यस अवसरमा दिल्ली पब्लिक स्कुल धरानका विद्यार्थीहरुले मनोरन्जनात्मक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।
भूपूहरु तथा अन्य आमन्त्रितहरुको मनोरञ्जनको लागी भूपूहरुको माझ रस्साकस्सी र सुई धागा प्रतियोगिता पनि राखिएको थियो । यस प्रतियोगितामा भूपू समिति तरहरा विजयी भएको थियो भने भूपू समिति ईटहरीले दोस्रो स्थान प्राप्त गरेका थिए ।
यस अवसरमा सानो नानिबाबुहरु बिच मनोरन्जनात्मक खेल जलेबी रेस प्रतियोगिता पनि गराईएको थियो ।
कार्यक्रममा भारतीय भूपू समिति माझ ०६ देखि ०८ जनवरी २०२५ सम्म भएको “दोस्रो ईन्टर भूपू समिति भलिबल प्रतियोगिता २०२४” का विजेता धरान ए साथै उपविजेता धरान बी टिमलाई ट्रफि साथै प्रमाण पत्र वितरण गरिएको थियो ।
यसको साथ साथै ११ जनवरी २०२५ मा वृहद रक्तदानमा उल्लेखनिय सहभागिता जनाउनुहुने उदयपुर तथा झापाका भारतीय भूपू समितिका अध्यक्ष्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
यस कार्यक्रममा पिपिओ धरानको आथित्यलाई स्विकार गर्दे सशस्त्र प्रहरी बलका डिआईजी सम्भु सुबेदी ज्युले नेपाल(भारतको नाता र सम्बन्धका साथ साथै यस कार्यालयले भारतीय भू पू तथा तिनका आश्रितहरु प्रति गरिएका सदभाव र आर्थिक सहयोगको गहिरो व्यख्या गर्नु भयो ।
उक्त कार्यक्रममा सुनसरी साहयक प्रमुख जिल्लाका अधिकारी श्री लक्ष्मी प्रसाद रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका डिआईजी ईन्द कुमार लामा, नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका एस एस पी जय राज साप्कोटा, बृटिस गोर्खा वेल्फेयर धरानका इन्सपेक्टर स्याम कुमार राई, सशस्त्र प्रहरी बल ईनरुवाका एस पी समयमन्द भट्टचार्य, वडा कार्यालय धरान १३ का अध्यक्ष श्री नेत्र काफले, जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी सुमन तिमलसिना, ट्राफिक प्रहरी कार्यालय, ईटहरीका एसपी बिनोद घिमिरे, ईलाका प्रहरी कार्यालय, धरान डिएसपी प्रकास जबेगु, राष्ट्रिय अनुसन्धान विभाग ईनरुवाका एस पी तुलसी कटेल, एपीएफ, धरानका डिएसपी देबेन्द सिंह, ट्राफिक कार्यालय, धरानका इन्सपेक्टर बिरेन्द« सिंह थापा, वाणिज्य महासंघ, सुनसरीका अध्यक्ष श्री बिजय श्रेष्ठ, अमरहाट प्रहरी चौकीका ईन्चार्ज ए एस आई भल बहादुर कटवाल, डि पि एस स्कूलका प्रिन्सीपल पि के संकरलिङ्गगम, व्यपारी संघका पदाधिकारीहरु श्री निलम खनाल, श्री बिनोद पौडेल, श्री श्याम अग्रवाल, एवरेष्ट बैंकका म्यानेजर श्री शीव पौडेल, एस बि आईका म्यानेजर श्री रमेश योगी साथै बिराटनगरका एयरर्पोटका डाईरेक्टर श्री सुभाश झाले सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा, मनोरन्जात्मक कार्यक्रम प्रस्तुत गरेका विद्यार्थीहरु तथा खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमको अन्तमा पेन्शन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाज्युले पी पी ओ धरानको यो आथित्यलाई स्विकार गरि आफ्नो बहुमुल्य समय निकालेर यस कार्यव्रmममा पाल्नु भएका सम्पुर्ण अथितीगणहरु हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
कार्यक्रमको संचालन क्यापटेन कृष्ण बहादुर थापाले गरेका थिए भने व्यावस्थापन ए.एस.ओ पटिल सागर र क्यापटेन चन्द्र बहादुर राईले गरेका थिए।