कुटपिटबाट १ जनाको मृत्यु 

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २० गते ।

धराने मिडिया : झापाको कमल गाँउपालिका-७ का ३७ बर्षीय पुन्य प्रसाद बास्तोलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

माघ १७ गते बास्तोलाले सोही स्थानका ४५ बर्षीय देबलाल चौधरीलाई सामान्य बिवादका कारण लाठीले कुटपिट गर्दा घाईते भएका चौधरीको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको थियो ।

घटनामा संग्लन बास्तोलालाई माघ १८ गते इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसधान गरिरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर