आयोजक धरान पहिलो चरणबाट बाहिरियो

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २१ गते ।

धराने मिडिया : पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग सडन डेथमा पराजित हुदै आयोजक धरान फुटबल क्लब २५ औं बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ ।

खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए । त्यस्तै गरि खेलको ४४ औं मिनेटमा धरानका बिनोद राईले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

दोस्रो हाफमा दुवैतर्फबाट गोल गर्ने प्रयास गरेपनि सफल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

dfa14e53-891f-40a9-887a-d0ab70ae37f9a4cb1e4f-ab4c-4f31-9bd8-a6265527bb56d15e41cb-4f41-4fe0-aebf-5fd5b939f573

टाइब्रेकर पनि ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथमा पुगेको थियो । धरान फुटबल क्लबका मनोज राईको प्रहार पोष्ट माथीबाट बाहिरिएपछि युकेएफसी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सोमबारको तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र पाहुना टोली आरटिसी एफसीबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।

माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।

a5dde87c-96b8-43b0-99fa-3dc58a5d08eb6146401f-b617-42e5-92ee-237f004345b35653094b-84ab-47ab-a87f-c6f6d71de09472612b3e-5d54-4296-bd18-64a08cb26e6c388d21d6-5066-4346-abf0-3585298262d41196c59d-431b-4a98-8bb0-853c3e321b379a4409c7-575a-4e23-9a30-a6abd89541e60481c8dc-b8ef-46ab-a1ca-83ba4821848162d71401-56bd-411f-aaaf-9c4e548a52a07c9100ac-2e1a-472d-ab64-897690aae1708ac76d43-d68c-4079-b725-d2252e4a98443b42161d-ccb0-4f35-be30-20316995ffad5a31c8ca-50a3-4dcf-b2cf-2c80cba5f3df