भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २२ गते ।

धराने मिडिया :  इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै आरटिसी भुटान २५औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेश्रो क्वाटर फाईनल खेलमा आरटिसि फुटबल क्लब भुटानसँग राष्ट्रिय जागृति क्लब ईटहरीले पराजित बेहोरेको हो ।

भुटानको लागि खेलको ९ मिनेटमा सोनम यसे, ५३ औ मिनेटमा सोनम जुग्ड्रल चोन्जे, ६० औं मिनेटमा कर्मा टि जम्त्सो र ७० औं मिनेटमा ङ्डा योसेलले गोल गरेका थिए ।

WhatsApp Image 2025-02-04 at 07.26.30 (1)WhatsApp Image 2025-02-04 at 07.26.32 (2)WhatsApp Image 2025-02-04 at 07.26.32 (1)

माघ २२ गते अन्तिम क्वाटर फाइनल खेल साबिक विजेता काठमाडौँको न्युरोड टिम एनआरटी र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच खेल हुने आयोजकले जनाएको छ ।

माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।

WhatsApp Image 2025-02-04 at 07.26.32WhatsApp Image 2025-02-04 at 07.26.31WhatsApp Image 2025-02-04 at 07.26.31 (2)WhatsApp Image 2025-02-04 at 07.26.31 (1)WhatsApp Image 2025-02-04 at 07.26.30 (2)WhatsApp Image 2025-02-04 at 07.26.30WhatsApp Image 2025-02-04 at 07.26.29