एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश
समाचारदाता : गोपाल पौडेल


२०८१ माघ २३ गते ।
धराने मिडिया : साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै उनले नगद १० हजार पुरस्कार प्राप्त गरे ।
एनआरटीले अब फाइनल यात्राका लागि पाहुना टोली भारतको युनाइटेड कर्साङ (युकेएफसी)को सामना गर्नेछ ।
धरान १६ स्थित रंगशालामा माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।