चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २४ गते ।

धराने मिडिया : चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

भुटानको आरटीसी क्लबलाई ७–० गोलले हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको हो ।

सुरुवाती मिनेटबाटै दबावमा परेको भुटानमाथि चर्च ब्वाइजका विदेशी खेलाडी जर्सी २३ आमोन्ड बेइडोम र समिर तामाङले  ह्याट्रिक पूरा गरे ।

समिर तामाङले खेलको २१ औं मिनेट ५६ औ मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

a9a9377a-cc64-4350-9aaa-c8a4827d8e9f5496911a-79da-498b-9f8c-3c5ea64c2a2d328ac42c-3575-4e80-92fb-1710b3765a6d

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो  । एनआरटी क्लब काठमाडौ र युकेएफसी भारतबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

धरान १६ स्थित रंगशालामा माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।

c87a604a-c56f-48dd-9f93-f09793dd6e440746b967-aed1-403b-93e7-b6763e89669d6887dfa0-9df8-45d6-89e3-a09e00508ced3edc818b-c24d-493f-9290-56d65a674eac1af410a7-67bc-4d1d-8794-fed06adf5020WhatsApp Image 2025-02-05 at 09.23.31 (2)WhatsApp Image 2025-02-05 at 09.23.32