धरानमा रुख ढलि विद्युतीय सेवा अबरुद्ध
समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २५ गते।
धराने मिडिया : धरान १८ स्थित बि.पि स्वास्थ्य बिज्ञान प्रतिष्ठान पछाडि जङ्गलमा रुख ढलि बिधुतीय संरचनामा क्षति पुर्याएको छ।
क्षतीका कारण धरान १९, अनन्त बस्ति, धरान १७ तथा बराहक्षेत्र १ र २ नम्बर वडामा रातिबाट नै बिधुत सेवा अवरुद्ध भएको थियो।
हाल अहिले ढलेको रुख हटाई लाइन मर्मत आर्य भैरहेको हुदा बिधुत सेवा सुचारु हुन अझ केहि समय लाग्ने ब्यहोरा ने.बि.प्रा.धरान बितरण केन्द्रले जानकारी गराएको छ ।