एनआरटी बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रबेश

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २५ गते।

धराने मिडिया : साविक विजेता न्युरोड टिम (एनआरटी) २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ।

भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ३–१ को फराकिलो अन्तरमा पराजित गर्दै एनआरटीले २५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

खेलको उत्कृष्ट खेलाडी एनआरटीका पहिलो गोल गर्ने शिशिर लेखी घोषित भए । उनले नगद १० हजार ट्रफी हात पारे ।

f93dd654-876b-4b54-87ed-ce1e1c5e3154ceface58-b1d3-4de4-a2c6-bce12c929924c71defd7-ea92-4ea1-a246-1b6d734b7200

एनआरटीले अब उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । एनआरटीले बुढासुब्बाको १० औ र गत बर्ष २४ औ सस्करणको उपाधी उचाली सकेको छ।

धरान १६ स्थित रंगशालामा माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।

9733094a-05cb-4a11-b56e-12d92fa7bca978903be1-d3a4-495b-becd-0672e6e60fbc6b20b1d5-99a4-4d29-93f4-2ce1fb1f4ea123435399-133a-449d-ae73-45d97419b8d4