२५ औं बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २७ गते।

धराने मिडिया : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उपाधि एनआरटीले जित्न सफल भएको छ।

शनिबार धरान रंगशालामा सम्पन्न फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

पहिलो हाफको १-१ गोलको बराबरीमा रहेका दुवै टिमको रस्सा कस्सी दोश्रो हाफमा पनि उत्तिकै जारी राखे ।  खेलको दोस्रो हाफको १२ औ मिनेटमा नपुग्दै एनआरटिका पुन जर्सि न १८ का पोकोलेनै दोश्रो गोल गरे र २-१ गोल अन्तरले एनआरटीलाई उपाधि हासिल गराए ।

1739122420422

उपाधिसँगै एनआरटीले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेतामा सिमित बनेको चर्च ब्वाइजले नगद ५ लाख प्राप्त गरेको छ।

एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधी तेस्रो पटक उपाधी जित्दा चर्च ब्वाइज भने पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको थियो ।

खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो।

1739122417706