स्ववियुमा सुधाकर पोख्रेल निर्विरोध निर्वाचित
समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र ०५ गते ।
धराने मिडिया : नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठ स्ववियुमा गठबन्धनका सभापति अनेरास्ववियुका सुधाकर पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।
धरान-१४ स्थित पिण्डेश्वर विद्यापिठको स्वतन्त्र विद्यार्थी युनियनमा सबै पदमा निर्विरोध निर्वाचित भएको हो ।
सभापति पदमा पोखरेल सहित निर्विरोध निर्वाचित कार्यसमितिमा प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ ४ गरी ११ जना रहेका छन् ।
सचिवमा नेविसंघका प्रवेश पौडेल, कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाईँ छन् । समानुपातिक तर्फ अर्जुन निरौला, गोविन्द अधिकारी, अरुण नेपाल र गोपाल गुरागाई निर्वाचित भएका छन् ।
आज देशभरका क्याम्पसहरुमा स्ववियुको निर्वाचनको लागी मतदान हुदैछ ।