आज देखि २५औँ गोधुली रनिङकप सुरु, पहिलो पटक रात्रिकालिन फुटबल
समाचारदाता : गोपाल पौडेल


२०८१ चैत्र ०७ गते ।
धराने मिडिया : धरानमा फुटबलको इतिहासमा गोधुली क्लबले पहिलो पटक बिहीबार देखी धरान रङ्गशालामा रात्रिकालिन फुटबल प्रतियोगिता सुरु गर्दैछ ।
धरान उपमहानगर अन्तर वडा प्रतियोगिताको २५औँ संस्करण यस पटक गोधुली टेस्टि टेस्टी नुडल्स फुटबल प्रतियोगिता को रूपमा सम्पन्न हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो।
गोधुली कपको रजत जयन्ती भएकोले पनि प्रतियोगितालाई बिशेष बनाउन रात्रीकालिन खेल सञ्चालन गर्न लागेको उपाअध्यक्ष सतिस केसीले बताए ।
प्रतियागिताको विजेता टिमले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार पुरस्कार पाउने भएको छ। विजेता र उपविजेताका लागि २५/२५ हजार रुपैया धरान १८ का वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले दिने घोषण गरेका छन्।
प्रतियोगिता चैत्र २१ गतेसम्म सञ्चालन हुनेछ। गोधुली फुटबल प्रतियोगिता २०५० देखी सुरु भएको हो ।