चट्ट्याङ लागेर राईको मृत्यु
समाचारदाता : गोपाल पौडेल


२०८१ चैत्र ११ गते ।
धराने मिडिया : खोटाङ केपिलाशगढी गाँउपालिका-७ स्थितमा चट्ट्याङ लागेर स्थानिय ४५ बर्षीया दिलकुमारी राईको घटना स्थलमा नै मृत्यु भएको छ ।
चैत्र ०९ गते बिहान हावाहुरी संगै पानी परेको अवस्थामा आफ्नै घर आँगनमा भएको सामान उठाउन भनि निस्किएकी राईलाई अचानक परेको चट्ट्याङले लागि मृत्यु भएको हो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटिई मृतक लाशको कानुनि प्रकृया पुरा गरी लाश पोष्टमार्टमको लागी जिल्ला अपताल दिक्तेल खोटाङ पठाएको छ ।