डिफेन्डिङ च्याम्पियन १३ नं. बाहिरियो, १५ नं. सेमिफाइनलमा
समाचारदाता : गोपाल पौडेल


२०८१ चैत्र १५ गते ।
धराने मिडिया : २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडासँग टाइब्रेकरमा पराजित हुँदै डिफेन्डिङ च्याम्पियन १३ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीाबर साँझ ७ बजे धरान रंगशालामा भएको खेलमा गतवर्षको विजेता १३ नं. वडा र उपाधीको दाबेदार मानिएको १५ नं. वडाबीच भएको खेल प्रतिष्पर्धात्मक रह्यो ।
निर्धारित समयको खेल गोररहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १३ नं. वडाका टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार १५ नं. वडाका गोलकिपर प्रविण लिम्बूले रोकिदिएका थिए ।
टाइब्रेकरमा १५ नं. वडाका असित मगर, मदन लाबुङ, आसुतोष राई, नगेन राई र प्रविण लिम्बूले गोल गरे । यता १३ नं. वडाका इक्साहाङ लिम्बू, अविनास राई, सुशान्त राई र मिलन घिमिरेले गोल गरे भने क्याप्टेन निश्चल श्रेष्ठले गोल गर्न सकेनन् ।
खेलको अधिकांश समय १५ नं. वडाले १३ नं. वडामाथी दबाबमा राखेपनि गोल भने गर्न सकेन ।
खेलको म्यान अफ द म्याच १५ नं. वडाका गोलकिपर प्रविण लिम्बू घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरकार सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार वितरण गरेका थिए ।
शुक्रबार धरानको ६ नं. वडा र १४ नं. वडा बीच खेल हुने आयोजकले जानकारी दिएको छ ।
बुधबार साझ ६ः३० बजे धरान रंगशालामा वडा नं. ६ र वडा नं. १४ बीच खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।