१४ नं. वडा सेमिफाइनलमा प्रवेश, ६ नं. वडा बाहिरियो
समाचारदाता : गोपाल पौडेल


२०८१ चैत्र १६ गते ।
धराने मिडिया : २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ६ नं. वडालाई पराजित गर्दै १४ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार साँझ ७ बजे धरान रंगशालामा भएको खेलमा ६ नं. वडासँ संघर्षपूर्ण जित निकाल्दै १४ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ गोर रहित बराबरी खेलेको १४ नं. वडाले दोस्रो हाफको सुरुवातमा नै अग्रता बनायो । खेलको ५३ औं मिनेटमा पाएको फ्रिकिकलाई आशिस पुरीले जालि चुमाए ।
पुरीले प्रहार गरेको फितलो फ्रिकिक बल रोेक्न ६ नं. वडाका गोलकिपर आयुष लिम्बू अलमलिएपछि बलले जालि चुमेको थियो ।
१ गोलले पछि परेको ६ नं. वडाले १० मिनेट नबित्दै बराबरी ग¥यो । अजय विष्टको लामो पासलाई अर्जुन लिम्बूले दुई जना डिफेन्सलाई छक्याउदै गोल गरे ।
खेलको अतिरिक्त समयमा १४ नं. वडाका आशिष पुरीले पुनः गोल गर्दै १४ नंं. वडालाई विजयी गराए । डिबक्सभित्र अनमार्क रहेका पुरीले आफ्नो साथीले प्रहार गरेको फ्रिकिक बललाई पोष्टको दिशा दिएका थिए ।
उनी खेलको म्यान अफ द म्याच घोषित समेत भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।
धरानको ११ नं. वडा र ५ नं. वडा बीच खेल हुने आयोजकले जानकारी दिएको छ ।
साझ ६ः३० बजे धरान रंगशालामा वडा नं. ११ र वडा नं. ५ बीच खेल हुने आयोजकले जानकारी दिएको छ ।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।