५ नं. वडा सेमिफाइनलमा प्रवेश, ११ नं. वडा बाहिरियो

समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र १७ गते ।

धराने मिडिया : २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ११ नं. वडालाई पराजित गर्दै ५ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार साँझ ७ बजे धरान रंगशालामा भएको खेलमा ११ नं. वडालाई सहज रुपमा पराजित गर्दै ५ नं. वडाले सेमिफाइनलमा १५ नं. वडासँगको भेट पक्का गरेको छ ।

सुरुवातदेखि नै ११ नं. वडालाई दबाबमा राखेको ५ नं. वडाले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो ।

0b83373f-c8ae-4a8a-95b7-ca4f633fa4d9

मिजास आङबुहाङको फ्रिकिक पासमा डिबक्स भित्र अनमार्क रहेका सृजन मगरले उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा नै ५ नं. वडाले अग्रता दोब्बर बनायो ।

११ नं. वडाका डिफेन्सले गोल किपरलाई दिएको पासलाई खोसेर ५ नं. वडाका तिलविक्रम लावतीले उत्कृष्ट गोल गरे । खेलको ३६ औं मिनेटमा तिलविक्रम लावतीले पुन गोल गर्दै ५ नं. वडाको अग्रता तेब्बर बनाएका थिए ।

पहिलो हाफमा ३–० ले पछि परेको ११ नं. वडाले दोस्रो हाफमा लयमा फर्कने प्रयास ग¥यो । तर गोल गर्न नसक्दा ११ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ ।

8a59cfd7-b66b-4a14-be6b-f979858f0628

खेलको म्यान अफ द म्याच ५ नं. वडाका मिजार आङबुहाङ घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

आइतबार अन्तिम क्वाटर फाइनलमा धरानको १७ नं. वडा र १८ नं. वडा बीच खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जघघघछानकारी दिए ।

d2394067-17b2-46d0-a272-cef6a976aaaa