अग्रता जोगाउन नसक्दा बाहिरियो १८ नं. वडा, १७ सेमिफाइनलमा प्रवेश
समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र १८ गते ।
धराने मिडिया : २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
सेमिफाइलमा वडा नं. १५, ५, १४ र १७ नं. वडाले स्थान पक्का गरेका छन् ।
आइतबार सााँझ धरान १८ नं. वडालाई पराजित गर्दै १७ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातमा नै १८ नं. वडाले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा १८ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ ।
१८ नं. वडाका सलोन याक्खाले खेलको १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको १८ नं. वडाले दोस्रो हाफमा २ गोल खान पुग्यो ।
१७ नं. वडाकालागी खेलको ४९ औं मिनेटमा कृष्ण राईले गोल गरेर खेललाई १–१ गोलको बराबरीमा ल्याए । प्रतिष्पर्धात्मक खेलको ७० औं मिनेटमा सुशिल राईले गोल गर्दै १७ नं. वडालाई २–१ को जित दिलाए ।
सुशिल राई खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।
सोमबार साझ ७ बजे वडा नं. १५ र वडा नं. ५ बीच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।