१५ नं. वडा उपाधि नजिक, ५ नं. बाहिरीयो

समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र १९  गते ।

धराने मिडिया : २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडा उपाधि नजिक पुगेको छ ।

सोमबार बेलुकी धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ५ नं. वडालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोर रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा ५ नं. वडाका  टेकराज लिम्बू र बिपुल मगर गोल गर्न चुकेपछि १५ नं. वडा विजयी भएको हो । १५ नं. वडाकालागी एरिक गुरुङ, मदन लाबुङ, आशुतोष राई र नगेन राईले गोल गरे ।

५ नं. वडाका अमित विक र मन्दिप राईले मात्रै गोल गरे  भने टेकराज लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो भने बिपुल मगरको प्रहार आकाशिएको थियो ।

निर्धारित समयमा उत्कृष्ट खेलेको ५ नं. वडाले स्कोर भने गर्न सकेन । ५ नं. वडाको आधा दर्जन फ्रिकिकको १५ नं. वडाका गोल किपर प्रविण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।

39200d14-30e1-42d6-83b4-527e4ea2a5cd

खेलको म्यान अफ द म्याच १५ नं. वडाका सुगम जिमी घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

फाइनलमा पुगेको १५ नं. वडाले प्रि क्वाटर खेलमा ८ नं. वडा र क्वाटर फाइनलमा १३ नं. वडालाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै ५ नं. वडाले प्रि क्वाटरमा १६ र क्वाटर फाइनलमा ११ नं. वडालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

साझ ७ बजे वडा नं. १७ र वडा नं. १४ बीच सेमिफाइनल खेल हुने  आयोजकले जानकारी दिएको छ ।

चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

909f1743-34b5-4541-80b8-7bb4fd98f803