पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट  १ जनाको मृत्यु 

समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र १९  गते ।

धराने मिडिया : सुनसरी ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।

चैत्र १८ गते ना. ६ ख २९३१ नम्बरको बसले को. २५ प ३३७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा  मोटरसाईकल चालक हरिनगर गाँउपालिका-३ का ४६  महेश कुमार मेहता र पछाडि सावर सुनसरी देवानगंज-२ का ५७ बर्षीय गुगली मेहता घाईते भई तत्काल उपचारको लागी  जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा महेश कुमार मेहताको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी र चालक सिराहा लाहान- ३४ बर्षीय  सुर्य नारायण चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर