करेन्ट लागेर २ जनाको मृत्यु १ घाईते
समाचारदाता : गोपाल पौडेल

२०८२ बैशाख १२ गते ।
धराने मिडिया : मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
बैशाख १० गते देश भारत राज्य बिहार जोगवनी टिकुलिया घर भई हाल बिराटनगर-१५ स्थित ससुरालीमा बस्दै आएका ३६ बर्षीय सुरेश चौधरीलाई कोठा भित्र सुति रहेको अवस्थामा ओछ्यान नजिकै राखेको टेवल पङ्खाबाट अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-९ स्थितमा बिजुलीको पोलमा चढेर तार सिपटिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ईलामको चुलाचुलीका २८ बर्षीय राजेश लावती र ईटहरी उप-महानगरपालिका-१७ का ४३ बर्षीय बाल कुमार अधिकारीको घाईते भएका थिए ।
घाईते लावतीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने अधिकारीको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर