धरानबाट भोजपुरतर्फ जाँदै गरेको धनकुटामा बस दुर्घटना

समाचारदाता : गोपाल पौडेल

२०८२ वैशाख २२ गते ।

धराने मिडिया : कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका– ६ गोठगाउँमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा बिहान ११:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३  का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहनुभएको छ।

साथै भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि घाइने हुनुभएको प्रहरीले उल्लेख गरेको छ।

बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।