ट्याङ्करको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ जेष्ठ ०३ गते ।

धराने मिडिया : मोरङको उर्लाबारी नगरपालिका-३ स्थितमा ट्याङ्करको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

जेष्ठ २ गते राती साढे ८ बजे पुर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउदै गरेको  ग. ६ प ५०२६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको  ना. ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिदा मोटरसाईकल चालक झापा दमक नगरपालिका-९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङ्कर चालक बारा जितपुरसिमरा उप-महानगरपालिका-२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर