सुनसरी कोशी प्रदेश बास्केटवल च्याम्पियन, उपाधिमा सुनसरी बास्केटवल टिमको डवल ह्ट्रिक
समाचारदाता : विकास चाम्लिङ राई


२०८२, असार ०९ गते।
धराने मिडिया : कोशी प्रदेश ओपन बास्केटवल प्रतियोगिताको उपाधि सुनसरी बास्केटवल टिमले चुमेको छ । जित संगै सुनसरी बास्केटवल टिम ६ पटकको लगातार च्याम्पियन वन्न सफल भएको छ ।
धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिताको फाइनलमा खेलमा सुनसरीले इलाम बास्केटवल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन ।
आइतवार संपन्न प्रतिश्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इलाम २५–११ अंकले अगाडि रह्यो । दोस्रो क्वाटरमा सुनसरीले १६–१५ अंकको नतिजा निकाल्दै पहिलो हाफमा ४०–२७ अंकले पछि परेका थिए । तेस्रो क्वाटरमा सुनसरी लयमा फर्किन्दै ३१–११ अंकको अग्रता लिए । चौथो क्वाटरमा सुनसरी र इलामले २२–२२ वरावर अंक जोड्दै उपाधि माथि कव्जा जमाएका थिए ।

जित संगै सुनसरीले प्रदेश च्याम्पियनमा ह्याट्रिक गरेका छन । सुनसरीले काठमाण्डौमा सम्पन्न पाचौ, धनगढिमा संपन्न छैटौ, पूर्वाञ्चल हाल कोशी प्रदेशमा संपन्न सातौ, मध्य पश्मिाञ्चलमा संपन्न आठौ र गण्डकि प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि संपन्न प्रदेश स्तरीय प्रतियोगितामा लगातर प्रदेश च्याम्पियन वनेका थिए ।
कोशी प्रदेश स्तरीय पहिलो ओपन बास्केटवल प्रतियेगितामा जित निकाल्दै सुनसरी बास्केटवल टिमले डवल ह्या«िक गरेका हुन ।
उपाधि संगै सुनसरी टिमले नगद दुई लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त् गरेका छन । उपविजेता इलामले नगद रु. १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइन्ल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलश लिम्वु घोषित भए । उनलाई ट्रफि प्रदान गरिएको थियो । यसैगरि प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडिको उपाधि सुनसरी टिमका सुसन श्रेष्ठ घोषित भए ।
उनले नगद रु. १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटल संघका अध्यक्ष नारायण सुवेदि, पुर्व माननिय जयकुमार राई, सुनसरी बास्केटवलका उपाध्यक्ष विवेक राई, नेपाली कांगेस महासमिति सदस्य सुवास राई, डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमर लिम्वु, सदस्य सुर्यपन्धाक लिम्वु, प्राचार्य राजकुमार राई, नेपाल पत्रकार महासंघ सुनसरी निर्वतामान अध्यक्ष जनकऋषि राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रमको प्रमूख अतिथी कोशी प्रदेश सरकार सामाजिक विकास पन्त्री माननिय पाचकर्ण राईले रेफ्रिलाई वल हस्तातरण गरेपछि फाइनल खेल सुरु भएको थियो ।
समापन कार्यक्रममा माननिय विजयकुमार राई, धरान १८ न. वडाध्यक्ष प्रविण राई, धरान १७ वडाध्यक्ष मनोज भट्टराई, धरान ८ वडाध्यक्ष धनवहादुर राई, सुनसनरी फुटवल संघका अध्यक्ष नविन राई लगायतको उपस्थिति रहेको थियो ।
धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघको विशेष सहयोगमा संपन्न प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्ला टिमले सहभागिता जनाएका थिए ।
असार ५ गते विहिवार देखि सुरु भएको प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा संपन्न भएको थियो ।