ट्रकको ठक्करबाट २ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

इलाम, २०८२ असार १० गते ।

धराने मिडिया : इलामको रोङ गाउँपालिका-३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका- १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाँजरकोट छेडागाडा नगरपालिका-८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए घाईते दुवै जनालाई उपचारको लागि B&C अस्पताल बिर्तामोड लागिएकोमा अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका-९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर