धरानमा असोज १० र ११ गते प्रथम "राजभगत क्यासिकल" कोशी प्रदेश स्थरीय शरीर निर्माण प्रतियोगिता हुने

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८२ असार १२ गते ।

धराने मिडिया : धरान फिटनेस क्लबको आयोजनामा असोज १० र ११ गते प्रथम "राजभगत क्यासिकल" कोशी प्रदेश स्थरीय शरीर निर्माण प्रतियोगिता हुने भएको छ।

बिहिवार धरान-१२ स्थित ब्याकयाड रेस्टुरेटमा आयोजक टोलिले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी दिएका थिए।

धरान फिटनेस क्लबका अध्यक्षले युवा खेलाडीहरुको विकास र स्वस्थ, सक़ृय जिवनशैलीलाई बढावा दिने उद्देश्यले उक्त प्रतियोजिता आयोजना हुन लागेको बताए।

WhatsApp Image 2025-06-26 at 1.20.56 PM (1)

WhatsApp Image 2025-06-26 at 1.20.57 PM

प्रतियोगितामा कोशी प्रदेशबाट विभिन्न पालिकाबाट प्रतिस्पर्धाहरु सहभागी हुन सक्ने छन। कार्यक्रम असोज १० र ११ गते धरान-१८ स्थित  वि.पि. प्रतिष्ठानको दसेरा भवनमा संचालन हुने छ।

प्रतियोगिताको विजेताले नगद रु ३,००,०००/-, दोस्रोले रु २,००,०००/-, तेस्रोले रु १,००,०००/-, चौथौले रु ७५,०००/- र पाचौले रु ५०,०००/- हात पार्ने छन भने वजन वर्गका खेलाडीहरुले रु १५,०००/- दोस्रोलाई र रु १०,०००/- तेस्रोलाई प्रधान गरिने छ।

प्रतियोगिता पुर्व शरीर निर्माण खेलाडी स्वार्गिय राजभगत प्रधानंगको सम्झनामा अयोजना हुन लागेको हो। 

WhatsApp Image 2025-06-26 at 1.20.56 PMWhatsApp Image 2025-06-26 at 1.20.57 PM (1)