दोस्रो एम्स एसईई रनमा अप्सु आङ्देङ्बे र टिका लिम्बु प्रथम (भिडियो सहित)

समाचारदाता : गोपाल पौडेल

२०८२ असार १५  गते ।

धराने मिडिया : धरान १२ स्थित एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले शनिबार आयोजना गरेको दोस्रो एम्स एसईई रनमा अप्सु आङ्देङ्बे र टिका लिम्बु प्रथम प्रथम भएका छन् ।

रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनिन् ।

यस्तै, पुरुषतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९.५० सेकेण्डमा रन पुरा गर्दै तेस्रो भए । यसैगरि, महिलातर्फ युनिषा कटवालले ३१ मिनेट ०९ सेकेण्डमा रन पुरा गर्दै दोस्रो भइन् भने मनिका राईले ३३ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भइन् ।

WhatsApp Image 2025-06-29 at 6.47.29 AMWhatsApp Image 2025-06-29 at 6.47.30 AMWhatsApp Image 2025-06-29 at 6.47.32 AM

एम्स एसईई रनको निर्धारित दुरी ६ किलोमिटर रहेको थियो ।

एसईई क्याटोगरीका महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र एक हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । यस्तै, प्रथम हुनेले सतप्रतिशत, दोस्रो हुनेले ७५ प्रतिशत र तेस्रो हुने खेलाडी विद्यार्थीले ५० प्रतिशत छात्रवृति पनि पाएका छन् । सहभागी विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुट पाउने भएका छन् ।

WhatsApp Image 2025-06-29 at 6.47.25 AMWhatsApp Image 2025-06-29 at 6.47.24 AMWhatsApp Image 2025-06-29 at 6.47.20 AMWhatsApp Image 2025-06-29 at 6.47.22 AMWhatsApp Image 2025-06-29 at 6.47.27 AM