स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक घाइते

समाचारदाता : गोपाल पौडेल

२०८२ असार १९  गते ।

धराने मिडिया : बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक ब्यक्ति घाइते भएका छन।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको थियो ।

घटनामा भारतको बिहार सीतामणीका ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। उनी क्रेन चालक हुन्।

बैठाको एलएस न्युरो अस्पताल परबानिपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितका जानकारी दिए।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन। घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।