भदौ २७ र २८ मा प्रथम मिस्टर तरुण वडिविल्डिङ च्याम्पियनसिप हुने
समाचारदाता : गोपाल पौडेल

२०८१, असार २० गते।
धराने मिडिया : नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ कार्यसमितिद्वारा धरानमा "प्रथम मिस्टर तरुण वडिविल्डिङ च्याम्पियनसिप २०८२" आयोजना हुने भएको छ।
बिहिबार, कार्यसमितिले पत्रकार सम्मेलन गरी प्रतियोगिता आउँदो भदौ २७ र २८ गते सञ्चालन गर्ने बताएको हो ।
प्रतियोगीताका संरक्षक नेपाली काँग्रेस कोशी प्रदेश समिति सदस्य किशोर राईले युवाहरू अघि आउने पहिलो माध्यम खेलकुद भएकोले तरुण दलले खेलकुदको गतिविधिलाई प्राथमिकता दिएकोमा समयोचित कदम भएको बताए ।
प्रतियोगिता धरान १५ स्थित शिक्षा सदन स्कुलको सभाहलमा हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ किलो तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।
विजेताले नगद १ लाख र उपाधि ट्रफी हात पार्नेछ भने दोस्रो हुनेले नगद ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाचौं हुने खेलाडीले १५ हजार पुरस्कर पाउने आयोजकले जनाएको छ ।
त्यस्तै ‘बेस्ट पोसर’ र ‘मोस्ट मस्कुलर’ उपाधि हात पार्नेले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।