उज्बेकिस्तानसग टाइब्रेकरमा नेपाल पराजित
समाचारदाता : गोपाल पौडेल

२०८२ असार २२ गते ।
धराने मिडिया : एसियन कपको छनोट खेलमा टाइब्रेकरमा नेपाल पराजित भएको छ। नेपाल उज्बेकिस्तानसग पराजित भएको हो।
शनिबार उज्बेकिस्तानसग भएको छनोटअन्तर्गत निर्णायक खेलमा टाइब्रेकरमा नेपाललाई हराउँदै उज्वेकिस्तान एएफसी एसियन कप फुटबलमा छनोट भएको छ ।
खेलको पहिलो मिनेट मै उज्बेकिस्तानले गोल गरेर अग्रता प्राप्त गरेको थियो। त्यस पश्चात पुनः उज्बेकिस्तानले दसौं मिनेटमा दोस्रो गोल गर्न सफल भएको थियो।
नेपालले भने खेलको २३ औं मिनेटमा आफ्नो पहिलो गोल गरेको थियो। गोल कप्तान सावित्रा भण्डारीले गरेकी थिइन्।
निर्धारित समयमा दुवैतर्फबाट ३-३ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपाल उज्बेकिस्तानसग ४-२ गोलले पराजित भएको हो।
खेलमा नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरिन् ।