सुनसरी उद्योग वाणिज्य संघ निर्वाचन : गोपाल श्रेष्ठ उम्मेदवारी र योजना
समाचारदाता : गोपाल पौडेल


२०८२ असार २९ गते ।
धराने मिडिया : सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्यासी गोपाल श्रेष्ठ नेतृत्वको समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी र योजनाहरू सार्वजनिक गरेको छ।
धरान–१५ स्थित होटल धरान किचनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठसहित उद्योग, वाणिज्य, एशोसिएट, वस्तुगत तथा महिला प्रतिनिधिहरूको पूर्ण टिमको औपचारिक घोषणा गरिएको थियो।
अध्यक्षका उम्मेदवार गोपाल श्रेष्ठ सामान्य कर्मचारी देखी सङ्घर्ष गर्दै सानो देखी अहिले ठ्रला व्यापार व्यवसायमा लामो अनुभव हासिल गर्दै आएका सबै भन्दा बढी अनुभवी उम्मेदवार भएकाले उनीबाट उद्योगी व्यवसायीका हितको काम हुने भएकाले अग्रज व्यवसायी र पूर्व अध्यक्षहरूले समर्थन गरेको बताए ।
पत्रकार सम्मेलनमा वर्तमान अध्यक्ष विजय श्रेष्ठले उद्योग वाणिज्य सङ्घका टिमको संयुक्त प्रयासमा सबै कार्यहरू हुने भएकोले आफ्नो कार्यकाल उपलब्धिमूलक रहेको बताउँदै भने ‘अघिल्ला कार्यसमितिको सबै भन्दा महत्त्वाकाङ्क्षी कार्यक्रम लगानी सम्मेलन भने विभिन्न परिस्थित र कारण आयोजना गर्न सकिएन ।’ उनले अबको नयाँ नेतृत्वमा लगानी सम्मेलनको जिम्मेवारी सरेको बताए ।
पूर्वअध्यक्षहरू सरोज श्रेष्ठ, मोहनकाजी शाक्य, पवन अग्रवाल, विजय डाँगा, गौरीशंकर अग्रवाल र खजाञ्जीदास अग्रवाल पत्रकार सम्मेलनमै सहभागी भई गोपाल श्रेष्ठ समूहको पक्षमा उभिएका थिए।
पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठको प्यानलका उम्मेदवारहरूको परिचय गराइएको थियो । उनको प्यानलमा उद्योग तर्फको सदस्यहरूमा महेन्द्र प्रधान, प्रभाव खतिवडा, विष्णु बराल, कृष्ण प्रसाद पाठक छन्, मिना राई मग निर्विरोध निर्वाचित भेसकैकी छन् ।
वाणिज्य तर्फका सदस्यहरूमा राम स्वरूप शर्मा, किसन मास्के, शैलेस आर्चाय (प्रमोद),विवेक अग्रवाल, शशी साह, नवीन राज भण्डारी, जय प्रकाश शर्मा, अमित अग्रहरी, वर्षा अग्रवाल श्रेष्ठ (महिला) छन् ।
एशोसिएट्स तर्फ सदस्यहरू अशोक जैन, ललित कुमार अग्रवाल, मनिष अग्रवाल छन् । बस्तुगत तर्फ नवीन कुमार तामाङ, नारायण लिम्बु निर्विरोध निर्वाचित भैसकेका छन् ।