चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल श्रावण १५ गते देखि

समाचारदाता : बिकास चाम्लिङ राई  

२०८२ असार ३१ गते।

धराने मिडिया : डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ ।

प्रतियोगीता यहि श्रावण १५ गते देखि १९ गते सम्म हुने सोमवार डिपो स्कुलको हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए ।

WhatsApp Image 2025-07-15 at 11.12.20 AM (1)

प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछ ।

डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मरन गर्दै उनको सम्मानमा विगत चार वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको कार्यक्रमका प्रमूख अतिथि एवं डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वुले जानकारी गराए ।

WhatsApp Image 2025-07-15 at 11.12.20 AM

प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको अध्यक्ष लिम्वुले वताए । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान दिएको अध्यक्षले वताए ।

WhatsApp Image 2025-07-15 at 11.12.19 AM

वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थिए । उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।

उनको निधन भएको दिन पारेर अध्यक्ष लिम्वुको योगदानको कदर गर्दै प्रतियोगिताको उद्धघाटन आयोजकले वताए ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्यको क्रममा व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वुले मेजर श्रवणकुमार लिम्वुको योगदानको वारेमा प्रकाश पारेका थिए ।

प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति श्रावण १२ गते सम्म रहेको र खेल तालिका श्रावण १३ गते तयार गरिने आयोजकले जानकारी गराएको छ ।

WhatsApp Image 2025-07-15 at 11.12.20 AM (2)

प्रतियोगिता संयोजक तथा विद्यालय व्यवस्थापन समिति सदस्य खड्कसम्सेर लिम्वुको अध्यक्षतामा संपन्न पत्रकार सम्मेलनमा व्यवस्थापन समिति सदस्य हर्कराज राई, लेखक तथा नेपाल पत्रकार महासंघ, सुनसरी निर्वतमान अध्यक्ष जनकऋषि राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काप्mले लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको रहनेछ ।  

WhatsApp Image 2025-07-15 at 11.12.21 AM