मोटर जोड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल


झापा, २०८२ असार ३१ गते।
धराने मिडिया : झापाको बिर्तामोड नगरपालिका-१० स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५३ बर्षीय पुष्प पोखरेल रहेका छन् ।
असार २९ गते साँझ ८ बजे आफ्नै निर्माणधिन घरमा पानी लगाउनको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।