सुनसरी उद्योग वाणिज्य सङ्घ, गोपाल श्रेष्ठले १६०५ प्राप्त गरी विजयी

समाचारदाता :  गोपाल पौडेल

२०८२ असार ३२ गते।

धराने मिडिया : सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी भएका छन् । गोपाल श्रेष्ठले १६०५ प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरेका छन् ।गोपाल श्रेष्ठले ९५८ मतको फराकिलो मतान्तरले जितेका हुन ।

Gopal Shrestha

उद्योग सदस्य तर्फ कृष्ण प्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५०, महेन्द्र प्रधानले ५४६, मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका लागि उमेश अग्रवालले २१३, खड्ग बहादुर बस्नेत (राजु)ले २१६, शिवानन्द साहले २६१ मात्र प्राप्त गरेका थिए ।

Gopal Shrestha (3)

वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४५३ मत मात्र प्राप्त गरेकी थिइन् ।

यसै गरी वाणिज्य सदस्य तर्फ अमित अग्रहरीले ९०१, किसन मास्केले ७८५, जयप्रकाश शर्माले ८५१, नवीन राज भण्डारीले ९२९, रामस्वरूप शर्माले ८६३, विवेक अग्रवालले ८४०, शशी साहले ८२०, शैलेस कुमार आचार्य( प्रमोद)ले ८९९ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदमा वाणिज्य तर्फ अर्जुन श्रेष्ठले ४०१, उपेन्द्र चाम्लिङले ४८१, कृष्ण ठाकुरले २६०, चन्द्रबहादुर सुवेदीले २९०, सागर प्रसाईले ४८६, सीताराम आचार्यले ५२७ मत मात्रै प्राप्त गरेका थिए । 

WhatsApp Image 2025-07-16 at 9.38.24 PM (3)WhatsApp Image 2025-07-16 at 9.38.24 PM (2)

एसोसिएट तर्फ शिवराज श्रेष्ठ प्यानलका राजु साहले ७५, राजेश अग्रवालले ८० र गोपाल श्रेष्ठको प्यानलका  ललित अग्रवालले ११७ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पद तर्फ गोपाल श्रेष्ठ प्यानलका अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत मात्र प्राप्त गरे ।

यसैगरी उद्योग महिला तर्फ मिना राई (मगर) र बस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका थिए ।

Sunita ShresthaWhatsApp Image 2025-07-16 at 9.38.24 PM (4)Gopal Shrestha (2)