घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा करेन्ट लागेर मृत्यु
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन ०९ गते ।
धराने मिडिया : झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका-३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका- ६ का ३५ बर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका-३ का ३२ बर्षीय श्रवण चौधरीलाई करेन्ट लाग्दा घाईते भएकोमा तत्काल उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो भने श्रवण चौधरीलाई थप उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ ।
सोही दिन साँझ झापाको गौरादह नगपालिका- ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको हो ।