अनुपले जिते डिएफसि मेन्स फिजिक्सको उपाधि

समाचारदाता : बिकास चाम्लिङ राई

२०८२ साउन १० गते ।

धराने मिडिया : धरान फिट्नेसको आयोजनामा आयोजित अन्तर डिएफसि मेन्स फिजिक्स च्याम्पियनसिपको अनुप तामाङले चुमेको छ ।

अनुपले उपाधि संगै नगद रु. २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि विश्व लिम्वु दोस्रो र हितेस मगरले तेस्रो भए ।

उपविजेता वनेका लिम्वुले नगद रु. १५ हजार, तेस्रो हुने मगरले नगद रु. १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

धरान फिटनेस क्लवले आफ्नो खेलाडिहरुलाई प्रोत्साहन गर्नका लागि शुक्रवार आफ्नै हलमा डिएफसी मेन्स फिजिक्स च्याम्पियनसिप २०२५ को आयोजना गरेका थिए । च्याम्पियनसिपमा ११ जनाले सहभागिता जनाएको थियो ।

क्लवले हरेक वर्ष नियमति रुपमा क्लवका सदस्यहरु विच प्रतियोगिताको आयोजना गराउदै आइरहेको छ । आफ्नो क्लवका सदस्यहरु विच विभिन्न विद्यामा प्रतिश्पर्धा गराउदा खेलाडिहरु प्रोत्साहित हुनका साथै उनिहरुमा प्रतिश्पर्धाको अनुभव वढने डिएफसिका संचालक तथा प्रशिक्षक कविरभगत प्रधानाङ्गले जानकारी गराए ।

WhatsApp Image 2025-07-26 at 1.54.43 PM (1)

शुक्रवार सम्पन्न च्याम्पियनसिपमा पहिलो चरण वाट फाइनल चरणका लागि टप ६ खेलाडि छनौट गरिएको थियो । पहिलो ११ वाट फाइनल चरणमा अनुप तामाङ, विश्वास राई, हितेश मगर, सविन खनाल, आयुस कार्की र पदम लिम्वु प्रवेश गरेका थिए ।

उनिहरु मध्ये वाट निर्णायकले पहिलो, दोस्रो र तेस्रो उपाधि विजेता घोषित गरेका थिए । उपाधि विजेता वाहेकका खेलाडिहरुलाई मेडल, प्रमाणपत्र र डिएफसीको तिन महिना फ्रि जिम सर्भिस कुपन प्रादान गरिएको थियो ।

च्याम्पियनसिपमा नविनराज प्रधान, ईश्वर उदास र सिता राई श्रेष्ठ निर्णायकको रुपमा रहेको थियो ।  

WhatsApp Image 2025-07-26 at 1.54.43 PM

विजेता तथा उपविजेता खेलाडिहरुलाई मेन्स फिजिक्सका अन्तराष्ट्रिय उपाधि विजेता अवतार श्रेष्ठ, डिएफसिका संचालक कविर भगत, शारिरिक सुगठन संघका केन्द्रिय सदस्य विक्रम लिम्वु, कोशि प्रदेश अध्यक्ष केशव श्रेष्ठ, धरानउपमहानगर कार्यपालिका सदस्य बिकाश भाटि लगायतले पुरस्कार वितरण गरेका थिए ।

धरान ७ न. वडाध्यक्ष जिवन सुवेदिको प्रमूख आतिथ्यमा संपन्न कार्यक्रममा अतिथिको रुपमा युवा संघ नेपाल केन्द्रिय सदस्य दिवस राई, डिजे ललित लगायत २ सय भन्दा वढि दर्शकहरुको उपस्थिति रहेको थियो ।