खेललाई व्यवसायीकरण बनाउनु पर्नेमा जोड
समाचारदाता : गोपाल पौडेल


बराहक्षेत्र, २०८२ साउन १२ गते ।
धराने मिडिया : गाउँ गाउँबाट खेलाडी उत्पादन गर्ने र युवा पुस्तालाई खेलप्रति समर्पित गर्दै व्यवसायिककरण गर्ने अभिप्रायले बराहक्षेत्र नगरपालिका वडा नं. ३ का स्थानीय युवाहरुले जय नेपाल खेलकुद मञ्च गठनका गरेका छन् ।
खेलकुद मार्ग दर्शन २०८१ को परिच्छेद ३ र ४ बमोजिम मञ्च गठनका लागि प्रक्रिया अगाडि बढाउदै अहिले तदर्थ समिति गठन गरिएको छ ।
गठन लगत्तै पदस्थापन कार्यक्रमको आयोजन गरिएको छ । पदस्थापन कार्यक्रमका प्रमुख अथिति नपाली काँग्रेस कोशी प्रदेश सद्स्य, कोशी प्रदेश फुटबल संघका अध्यक्ष एवम् गठन भएको मञ्चका संरक्षण किशोर राईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष राईलें अब युवा पुस्तालाई खेलकुदमा आकर्षित गर्न खेलकुदलाई व्यवसायिकरण गरेर लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले खेलाडीलाई राम्रो सुविधा दिएको खण्डमा खेल क्षेत्रबाटै उसको जीवन गुजारा हुने भएकोले व्यवसायिक रुपमा खेलकुद क्षेत्रमा आएको खेलाडीले राष्ट्रप्रति समर्पित भएर उत्साहपूर्वक खेल्न सक्ने वातावरण तयार हुने बताउनुभयो ।
उहाले पछिल्लो समय स्थानीय तहले पनि खेलकुदको क्षेत्रलाई महत्वकासाथ हेरेको भएपनि अझै पर्याप्त नभएको उल्लेख गर्नुभयो । अब खेलकुद क्षेत्रमा लागेकाहरुले दक्ष खेलाडी उत्पादन गर्ने काममा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
विशेष अथितिको रुपमा आउनु भएका ३ नं. वडा समितिका वडाध्यक्ष राजदिप लामाले भर्खरै गठन भएको मञ्चलाई शुभकामना दिँदै खेलकुदसँगै सामाजिक कार्यमा पनि मञ्च अगाडि बढोस् भन्ने शुभकामना दिनुभयो ।
उहाँले वडा नं. ३ ले फुटबल तथा भलिवलका प्रतितियोगिताहरु निरन्तर सञ्चालन गर्दै आएको बताउदै मञ्चले यसमा थप एउटा इँटा थप्ने काम गरेको बताउनुभयो । उहाँँले यो खेलकुदको उर्वरभूमिको संरक्षणमा स्थानीय सरकार लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
नेपाली काँग्रेसँग आवद्ध मञ्चको अध्यक्षमा पन्नुलाल धामी, उपाध्यक्ष राजकुमार राई, सचिव गोविन्द शाह, कोषाध्यक्ष ध्वजवीर लिम्बु, सहसचिव नमस धामी रहनु भएको छ ।
यस्तै सदस्यहरुमा चेतमान बानिया, लक्ष्मण थापा, रामकुमारी राई र अनिता धामी रहनु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस इकाइ सभापति शिशिर तामाङ, क्षेत्रीय सल्लाहकार रामराज महत, महाधिवेशन प्रतिनिधि पुना धामी, नेका ३ नं. वडा अध्यक्ष राजदिप लामा लगायतले मञ्च गठनसँगै फुटबल खेलको विकासमा बराहक्षेत्रले ठूलो उपलब्धी हासिल गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।