खोलामा खेल्ने क्रममा डुबेर ४ बर्षीया बालिकाको मृत्यु
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन १३ गते ।
धराने मिडिया : मोरङको विराटनगर महानगरपालिका- ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ बर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दीपक पासवानको ४ बर्षीया छोरी आरुषी पासवान रहेकी छिन् । साउन ११ गते अपरान्ह ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।