चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल, सुनाखरी धरान र प्याराडाइज स्कुल तरहरा फाइनलमा भिड्ने
समाचारदाता : बिकास चाम्लिङ राई


२०८२ साउन १८ गते ।
धराने मिडिया : डिपो स्कुलको आयोजनामा भइरहेको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको फाइनलमा सुनाखरी स्कुल धरान र प्याराडाइज स्कुल तरहरा फाइनलमा भिड्ने पक्का भएको छ ।
वर्षाको कारन धरान १६ स्थित इन्डोर बास्केटबल कोर्टमा आइतबार सम्पन्न सेमिफाइनल खेलमा सुनाखरी स्कुलले आइडल स्कुललाइ ४८-३९ अंक र प्याराडाइज स्कुलले धरानको कार्मेल हाइ स्कुललाइ ३९-३६ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन ।
सुनाखरी र आइडल स्कुल बिच भएको सेमिफाइनल खेलको पहिलो क्वाटरमा आइडल स्कुल ९-७ अंकले अघि रहेको थियो । दोस्रो र तेस्रो क्वाटरमा भने सुनाखरिले २३-६ र १०-८ अंकको अग्रता बनाए ।
चौथो क्वाटरमा आइडलले १६-८ को अन्तर बनाए पनि हार बाट जोगाउन सकेन । यसै गरि दोस्रो सेमिफाइनल खेलको पहिलो क्वाटरमा प्याराडाइज र कार्मेल स्कुलले ६-६ बराबरी अंक जोडेका थिए । दोस्रो क्वाटरमा कार्मेलले ९-३ अंकको अग्रता बनाएका थिए ।
तेस्रो क्वाटरमा प्याराडाइजले १६-८ अंकले अघि रहे भने चौथो क्वाटरमा कार्मेलले १५-१४ अंकको अग्र्ता बनाएका थिए ।
पहिलो सेमि फाइनल खेलमा सुनाखरीका बिक्रम श्रेष्ठ र दोस्रो सेमिफाइनल खेलमा प्याराडाइजका प्रीन्स खत्री म्यान अफ द म्याच घोषित भए । उनिहरुलाइ राष्ट्रिय रेफ्री युगल लिम्बू र आयोजक डिपो स्कुल खेलकुद संयोजक उमेश ताम्रकारले ट्रफी प्रदान गरे ।
कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपिले नगद रु. १ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि हाइ स्कोररले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको छ ।
फाइनल खेल सोमबार बिहान ८ बजे हुनेछ ।