पीपीओ धरानमा सातौ ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता उदघाटन सम्पन्न
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन १९ गते ।
धराने मिडिया : भारतीय राजदूतावास, पेन्शन वितरण, कार्यालय, धरानले सधैका बर्ष झै यस बर्ष पनि सातौे ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीताको आयोजना गरेको छ ।
सातौे ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता पुर्वाञ्चल भू पू समितिसँग समन्वय गरि सो प्रतियोगीता मिति ०४ अगष्ट देखि ०६ अगष्ट २०२५ सम्म खेलाईने निदो भएको छ ।
सो प्रतियोगीतामा भाग लिनका लागि उदयपुर गाईघाट, मोरङ्गको बेलबारी, पथरी झापाको दमक, विर्तामोड, भद्रपुर, धनकुटा, सुनसरीका ईटहरी, तरहरा, ताप्लेजुङ्ग, तेह्रथुम साथै धरान लगायत १२ भू पू संघका पी पी ओ टिम ११० टिमले भाग लिने भएका छन ।
मिति ०४ अगष्ट २०२५ का दिन “सातौ ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता २०२५” को भारतीय राजदूतावास, पेन्शन वितरण, कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाज्यले पाननसमा द्विप प्रज्जवलन गरि प्रतियोगीताको उदघाटन गर्नु भयो ।
उदघाटन समारोहमा पी पी ओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया ज्युले प्रतियोगीतामा भाग लिनुहुने सम्पुर्ण खेलाडीहरु साथै भू पू समितिलाई स्वागत एवम वहाहरुको जोश र जीतको लागि अग्रिम बधाई दिनु भएको थियो ।
यस उदघाटन समारोहमा भारतीय भू पू समितीका अध्यक्ष, पी पी ओ धरानका कर्मचारीहरु लगायत खेलप्रेमीहरुको बाक्लो उपस्थीति थियो ।
भारतीय राजदूतावास, पेन्शन वितरण, कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाज्युको पहलमा गत सधैका वर्ष झै यस वर्ष पनि ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता भव्यताका साथ सम्पन्न हुने भएको छ ।
यस वर्ष पनि पुर्वाञ्चल भारतीय भू पू समितिका अध्यक्षहरुको माग साथै पी पी ओ धरानका प्रभारी अधिकारी भरत कनोजियाको अगुवाईमा सो प्रतियोगीता भईरहेका छन ।
पी पी ओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाद्वारा पुर्वाञ्चलवासी भू पूहरुका स्वास्थ्य एवम मनोरञ्जनात्मक खेलहरुको आयोजना गर्दै आउनुभएको छ । प्रभारी अधिकारीज्युले खेलप्रेमिहरुलाई फैजमा हुदाको जोश जागर स्पफ्र्तुी पेन्शनपछि पनि बर्करार राख्नुपर्छ जसले आफ्नो शरीर स्वस्थ्य रहनेछ भन्नु भयो ।
वहाले स्पष्ट पार्दै भन्नु भयो कि “कुनै पनि शारिरीक कस्रत खेलहरु आपफ्नो शरीरको लागि पफईदाजनक हुन्छ जसलाई मेहनत र निरन्तरता मात्र दिन सक्नुपर्छ ।
यो खेल शारिरीक व्यायम मात्र नभई हाम्रा पुर्वाञ्चलवासी भू पूहरुसँग भेटघाट, एक आपसीे सदभाव र भाईचाराको गहिरो सम्बन्धको लागि रहेको भन्नु भयो”।
उदघाटन कार्यक्रमको अन्तमा पी पी ओ धरानका प्रभारी अधिकारीज्युले सम्पुर्ण खेलाडिहरुलाई वधाई साथै धन्यवाद दिनुभयो । साथै आउदा दिनहरुमा पनि भारतीय भू पू हरुका लागि यस्ता प्रतियोगीताहरु भईरहने बताउनु भयो ।