सुनाखरि स्कुलले जित्यो चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलको उपाधी

समाचारदाता : बिकास चाम्लिङ राई   

२०८२ साउन २० गते ।

धराने मिडिया :  बिधालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले चुमेको छ ।

उपाधी सङ्गै सुनाखरी स्कुलले नगद बीस हजार रुपैय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गेरेको छ् ।

सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९-४५ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८-११ र १८-७ अंकले अग्रता बनाएका थिए । तेस्रो क्वाटर बराबरी १४-१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३-९ अंकले पछि परेका थिए  ।

WhatsApp Image 2025-08-05 at 9.50.36 AM (1)

उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे  । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी सुनाखरी स्कुलका प्रीन्स खत्री घोषित भए ।

उनले नगद एक हजार, ट्रफी, प्रमाणपत्र र सास्कृतीक अधिकार पुरस्कृत पुस्तक "गोरु चिन्तन" एक थान प्रप्त गरे । नगद पुरस्कार र पुस्तक लेखक तथा अग्रज पत्रकार जनकऋषि राइले उपलब्ध गराएकाहुन ।

WhatsApp Image 2025-08-05 at 9.50.36 AM

यसैगरी फाइनल खेलको म्यान अफ द म्याच सुनाखरि स्कुलका आदेश पोदार, राइजिङ प्लेयर आयोजक डिपो स्कुलका जोन लिम्बु, हाइ स्कोरर प्याराडाइज स्कुलका प्रीन्स खत्री घोषित भए ।

उनिहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रीन्सले चार खेलमा ब्यक्तिगत ८९ अंक जोडेका थिए । बिजेता तथा उपबिजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री माननीय भुपेन्द्र राई, सभाध्य्क्ष डिपो स्कुल ब्यवस्थापन समिती अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बु, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुबेदी, प्रतियोगिता संयोजक खड्कशम्सेर लिम्बू, बिधालय ब्यवस्थापन समिती सदस्य सुर्यप्रकाश पन्धाक लिम्बुले पुरस्कार बितरन गरेका थिए ।

WhatsApp Image 2025-08-05 at 9.50.36 AM (1)

सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।

श्रावण १५ गते देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेश भरिका १८ वटा बिधालयले सहभागिता जनाएको थियो ।