पीपीओ धरानमा सातौ ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता फाईनल खेल सम्पन्न
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन २२ गते ।
धराने मिडिया : भारतीय राजदूतावास पेन्शन वितरण कार्यालय धरान साथै नेपाल एस बि आई बैंक र एभ्रेष्ट बैंकको सहकार्यमा आयोजित सातौैे ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीताको फाईनल खेल ०६ अगष्ट २०२५ मा सम्पन्न भएको छ ।
सातौैे ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता ०४ अगष्ट देखि ०६ अगष्ट २०२५ सम्म खेलाईएको थियोे ।
सो प्रतियोगीतामा १२ भू पू संघका लगायत पी पी ओ टिम सहित ११० टिमले भाग लिएका थिए ।
पी पी ओ धरानद्वारा आयोजित सातौैे ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीताको खेलमा ८३ वर्षीय जे सि(११५८९२ एक्स सुबेदार हस्त बहादुर लिम्बुले पनि आफनो सहभागिता जनाउनु भएको थियो ।
भारतीय भू पू सैनिक तथा तिनका आश्रितहरुमा आधारित “सातौ ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता २०२५” को समापन समारोहका आमन्त्रित अथिति नेपाल अनुशन्धान विभाग धरानका डि आई जी ईन्द्र सिंह लामा, नेपाल प्रहरीका एस एस पी एस के श्रेष्ठलाई भारतीय राजदूतावास पेन्शन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाज्युले स्वागत गरेका थिए।
सातौ संस्करणको फाईनल खेल हेर्नका लागि कार्यालय प्रमुख मेजर भरत कनोजियाका धर्मपत्नि पुनम कनोजिया, मेडिकल अफिसर मेजर सामी सुवर्ण र वहाका धर्मपत्नि, नेपाल पुलिस स्कूलका कमाण्डेन्ट ईन्सपेक्टर एस के हायु, प्रिन्सीपल मोनिका सुब्बा, नेपाल एस बी आई शाखा प्रबन्धक, एभ्रेष्ट बैंकका शाखा प्रबन्धक, नेपाल प्रहरी जवानहरु साथै पी पी ओ धरानका कर्मचारीहरु उपस्थिति रहेको थियो।
पी पी ओ धरानद्वारा आयोजित सातौ ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता २०२५ का लागि बिजेता उपबिजेताहरुलाई आमन्त्रित अथितिद्वारा मेडल बितरण गरिएको थियो।
मेडल बितरणको कार्यक्रममा यस वर्षका ८३ वर्षीय जे सि(११५८९२ एक्स सुबेदार हस्त बहादुर लिम्बुलाई “सुपर भेटेरेन मेडल” लगाई पुरस्व्रृmत साथै वधाई दिएका थिए।
पुर्वाञ्चलबासी भारतीय भू पू सैनिक तथा तिनका आश्रितहरुका शारिरीक, मानसिक र स्वास्थ्यको मध्य नजर गर्दै साथै वहाहरुसंग नजिकीने वातावरण हेतुले ईन्टर भू पू समिती ब्याटमिन्टन प्रतियोगीता हुने भन्दै आमन्त्रित मुख्य अथितिहरुलाई जानकारी दिएको थियो।
कार्यक्रमको अन्तमा प्रभारी अधिकारीज्युले आफनो बहुमुल्य समय खर्चीएर प्रतियोगीताको फाईनल खेल हेर्न आउनु भएका नेपाल सरकारबाट विशिष्ट श्रेणीका पदस्थहरु साथै उपस्थीत मान्यजनहरुलाई धन्यवाद दिएका थिए।