पी पी ओ धरानमा भारतको ७९ औ स्वतन्त्रता दिवस हर्षोउल्लास साथ मनाईयो
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन ३१ गते ।
धराने मिडिया : भारतको ७९ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा, भारतीय राजदुतावास, पेन्शन वितरण कार्यालय, धरानले हरेक वर्षझै यो वर्ष पनि १५ अगष्ट २०२५ का दिन विभिन्न कार्यव्रmमहरुको आयोजना गर्दे हर्षोउल्लासका साथ मनाएको छ।
कार्यक्रमको सुभारम्भ पी पी ओ धरानका प्रभारी अधिकारी, मेजर भरत कनोजियाज्युले भारतको राष्ट्रिय झण्डा फहराएर साथै वीर सहिदको सम्झनामा शहिद स्मारकमा माल्र्यापण गर्नु भएको थियो।
वहाले आफनो स्वागत मन्तव्य राख्दै पेन्शन वितरण कार्यालयको स्थापना,उदेश्य र कार्यविवरणको जानकारी गराउनु भएको थियो।
यस कार्यालयले भारतीय भू पू हरुलाई सेवा प्रदान गर्दै आएको र सोही व्रmममा दुर्गम पहाडी जिल्लाहरु दिक्तेल, ओखलढुँगा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर, ईलाम,धनकुटा, सोलुखुम्बु, सँखुवासभामा दिई आएका सेवालाई निरन्तरता दिदै आईरहेको साथ साथै तराई भेगका विभिन्न झापा जिल्ला अन्तर्गत भद्रपुर,दुधे,दमक,विर्तामोड अनि मोरङ्गको पथरी, लेटाङ्ग, बेलबारी,उदयपुर जिल्लाको कटारी, बेलटार र सुनसरी जिल्लाको ईटहरी र झुम्का गरी जम्मा २१ स्थानमा मौसमी सिविरहरु सन्चालन भई रहेको जानकारी दिनुभयो ।
साथ साथै वीरनारी र पेन्शनरहरुको स्तरउन्नती र जिविकापार्जन साथै श्वाबलम्बी हुन सकुन भन्ने हेतुले यस कार्यालय हाताभित्र बिभिन्न शिपमुलक तालिम जस्तै कम्प्युटर (बेसिक र एडभान्स), सिलाई बुनाई र ब्युटी पार्लरको तालिम सन्चालन भैरहेको जानकारी दिनुभयो ।
यसका साथै भ्ऋज्क् स्किम लाई शुरु गर्दै आर्मी तथा आसाम राईफल्सका पेन्शनरहरु लाई स्वास्थय उपचार प्रदान गर्दै आएकोमा हाल मा आएर भोजपुर जिल्लाका पेन्शनरलाई स्वास्थ सेवाको सुविधा दिने हेतुले भोजपुरमा भ्ऋज्क् टाईप ई पोलिकिलनिकको स्थापना साथै ईलाम जिल्लाका पेन्शनहरुलाई भ्ऋज्क् मोबाईल पोलिकिलनिकको सुविधा दिईरहेको जनाउनु गर्नु भएको थियो।
भारतीय भू पू हरुलाई सेवा प्रदान गर्ने व्रmममा पेन्शन वितरण कार्यालयको हाता भित्र नेपाल ए बि आई बैंक साथै एभरेष्ट बैंकको सुबिधा, भू पूहरुका लागि मिनी बस सञ्चालन, पार्कीङ्ग सेड, फ्रि वाई फाईको सुविधा, शुद्ध पिउने पानी को ब्यवस्था साथै खाजा घर पनि संचालनमा आएको जानकारी दिनु भएको थियो।
यस कार्यव्रm्रममा पि पि ओ धरानको आथित्यलाई स्वीकार गर्दै ससस्त्र प्रहरी बलका डि आई जी श्री कुमार न्योपानेज्यूले सहभागिता जनाउदै भारतको ७९ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा र्हािर्दक बधाई दिदै आफना मन्तव्य प्रकट गर्नु भएको थियो।
साथै कार्यव्रmममा सहायक प्रमुख जिल्ला अधिकारी धरानका श्री लक्ष्मी प्रसाद रेग्मी, कोशी प्रदेश, सप्तरीका एस एस पी भीम दाहाल, ए पी एफ ४ नम्बर बटालियनका कमाण्डेण्ड एस पी निर्मल कुमार थापा, ट्राफिक कार्यालय ईटहरीका एस पी बिनोद घिमिरे, उद्धोग वाणिज्य सघ धरानका निवर्तमान अध्यक्ष्य श्री बिजय श्रेष्ठ, उद्धोग वाणिज्य सघ धरानका अध्यक्ष्य श्री गोपाल श्रेष्ठ, नेपाल भारत मैत्रीका श्री सरोज श्रेष्ठ साथै राम स्वरुप शर्मा, ईलाका प्रहरी कार्यालय धरानका डि एस पी प्रकाश जबेगु, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका डि एस पि चिरणजीव दाहाल, ए पि एफ धरानका डि एस पि सन्जीव पौडेल, ट्राफिक कार्यालय धरानका ईन्सपेक्टर बिरेन्द« सिंह थापा, धरान उपमहानगरपालिका वार्ड नम्बर १३ का अध्यक्ष्य नेत्र काफले, नेपाल पुलिस स्कूलका कमाण्डेण्ट सुरेस कुमार हाईयु,एन टि वी ईटहरीका प्रमुख बसन्त रुपाखेति, नेपाल टेलिकम धरानका प्रमुख चन्द प्रसाद साह, विधुत विभागका प्रमुख प्रदिप शर्मा,शिक्षा क्षेत्रका श्री दिपक अग्रवाल, श्री आदित्य सिंह, डि पि एस स्कूलका प्रिन्सीपल श्री पि के संकरलिङ्गम, बि पि के आई एच एसका वरिष्ट प्रोफेसर, डक्टरहरु, व्यपारी संघका, बैंकका पदाधिकारीहरु साथै मिडिया कर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।
कार्यव्रm्रमको शुभ अवसरमा वीरगती प्राप्त गरेका शहिद परिवारहरुको श्रीमतीहरु (वीरनारीहरु)लाई सम्मान साथै वीरता पदक धारकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोहि अवसरमा दिल्ली पब्लिक स्कूलका विद्यार्थीहरुले आफना विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए साथै भोकेशनल ट्रेनिङ्गका विद्यार्थीहरुले पनि आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।
भारतीय राजदुतावास, पेन्शन वितरण कार्यालयले विगतका वर्षझै यस वर्षपनि पी पी ओ धरानले पुर्वाञ्चलबासी भारतीय भू पू समितीहरु माझ सातौ ईन्टर भू पू समिती ब्याडमिन्टन प्रतियोगीता २०२५ को आयोजना गरेको थियो । सो प्रतियोगीता ०४ देखी ०६ अगस्त २०२५ सम्म सञ्चालन भएको थियोे ।
यस प्रतियोगीतामा हाम्रा पुर्वाञ्चलस्थित १२ वटा भू पू समितीहरु साथै पी पी ओका टिम गरी जम्मा ११० वटा टिम हरुले सहभागिता जनाएका थिए ।
कार्यालय प्रमुख मेजर भरत कनोजियाज्युले मनोरन्जनात्मक नृत्य प्रस्तुत गरेका विद्यार्थीहरु तथा खेलकुदमा विजेता तथा उपविजेता भएकाहरुलाई वधाई साथै पुरस्कार, ईन्टर भूपू समिती ब्याडमिन्टन प्रतियोगीता खेलको उच्च सम्मान गर्दै विजेता र उप(विजेताहरुलाई हार्दिक वधाई, ट्रफि तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
अन्त्यमा पि पि ओ धरानले आयोजना गरेका कार्यव्रmममा आफ्नो बहुमुल्य समय निकालेर यस अवसरमा पाल्नु भएका सम्पुर्ण अथितीगणहरुमा हार्दिक कृतज्ञता जनाउनु भएको थियो ।