फ्रान्सबाट आएका स्काउटको टिमलाई धरानमा स्वागत
समाचारदाता : गोपाल पौडेल


२०८२ भदौ १ गते ।
धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानमा फ्रान्सबाट आएका स्काउटको टिमलाई स्वागत गरिएको छ । स्वागत साथै उनीहरुलाई धरान रोवर क्रियु सदस्यहरुले धरानको पर्यटीक क्षेत्र चिन्डे डाडासम्म हाइक समेत गराइएका थिए।
उनिहरुलाई साँझ क्याम्प फायर साथै सीप, सांस्कृतिक आदान प्रदान समेत गरिएको थियो।
क्याम्प फायरमा कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारी, शैक्षिक पद्धति आयुक्त सुशील राई, स्थानीय प्रमुख आयुक्त मधुसूदन सहयात्री, कोशी प्रदेश परिषद् सदस्य गोपाल पौडेल, स्काउटर, रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले विश्वबन्धुत्वको भावना प्रगाढ पुग्नुका साथै दुई देशको सम्बन्ध पनि प्रगाढ हुने उदेश्य लिएको छ।