ढल्के जाेवन फुटसल प्रतियाेगिताकाे उपाधि धरानको आईरन क्लबलाई

समाचारदाता : सुर्य सुनुवार

२०८२ असोज ०७ गते ।

धराने मिडिया : धरान फुटसलद्वारा आयाेजित ढल्के जाेवन फुटसल प्रतियाेगिता २०८२काे उपाधि धरानको आईरन क्लबले हात पारेको छ ।

फाईनल खेलमा धरानको सिंह क्लबलाई ३-१ गाेलले पराजित गर्दै आईरन क्लबले उपाधिको विजेता हुन सफल भएको हो।

विजेता आईरन क्लबले नगर रु ३५,००० ट्रफी र मेडल प्राप्त गर्याे भने उपविजेता सिंह क्लबले नगद रु २५,००० ट्रफी र मेडल प्राप्त गर्याे ।

विजेता-उपविजेतालाई पुरस्कार एस.बि.आई. बैक धरानका म्यानेजर रमेश श्रेष्ठ, समाजसेवी ग्रेस कन्सल्टेन्सीका प्रतिनिधि उद्धव श्रेष्ठ, धरान फुटसलका सञ्चालक अन्जेश शंकरले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएकाे थियाे ।

१३ समूह सहभागी उक्त प्रतियाेगितामा ७ गाेल गर्दै आईरन क्लबका सागर कर्मचार्य हाई स्काेरर बने ।

प्रतियाेगिताकाे उत्कृष्ट गाेल रक्षककाे उपाधि पनि आईरन क्लबकै खेलाडी देबेन्द्र तामाङ बने, प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी भने सिंह क्लबका भाेला श्रेष्ठ बने व्यक्तिगत विधाका विजेताहरुले ट्रफी र नगदले सम्मान गरिएकाे थियाे ।

असोज ०६ गते सोमबार घटस्थापनाको दिन प्रतियोगिताकोको सम्पुर्ण खेल धरान-१२ स्थित धरान फुटसलमा खेलाएको थियो।

WhatsApp Image 2025-09-22 at 8.02.03 PMWhatsApp Image 2025-09-22 at 8.01.58 PMWhatsApp Image 2025-09-22 at 8.02.01 PM (1)WhatsApp Image 2025-09-22 at 8.01.59 PM (1)WhatsApp Image 2025-09-22 at 8.02.02 PMWhatsApp Image 2025-09-22 at 8.01.59 PMWhatsApp Image 2025-09-22 at 8.02.01 PMWhatsApp Image 2025-09-22 at 8.02.02 PM (1)