अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०८ गते ।
धराने मिडिया : नेपाली बजारमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकका अनुसार डलरको मूल्य १४२ रुपैयाँ ३२ पैसा (बिक्रीदर) पुगेर नयाँ रेकर्ड बनाएको हो। यो डलरको हालसम्मकै उच्च मूल्य हो।
यस अघि गत भदौ २७ गते डलरको बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।