२१ गतेसम्म बीपी राजमार्गमा गाडी चलाउन रोक

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १७ गते ।

धराने मिडिया : बीपी राजमार्गमा २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ ।

स्थानीय प्रशासनले २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुबाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो ।

मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातिको बेला नचलाउने निर्णय भएको हो ।

बंगालको खाडीमा विकसित प्रणालीको प्रभावले नेपालमा पनि अत्यधिक वर्षाको प्रक्षेपण गरिएको छ । त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ ।