अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज २१ गते ।
धराने मिडिया : भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु भएको छ।

राजस्थानको राजधानी जयपुरमा रहेको सवाई मान सिंह अस्पतालमा आईतवार र सोमवार राति आगलागी भएको थियो ।
घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।

दुर्घटना अस्पतालको न्युरो आइसीयू नजिकै, ब्लड सेम्पल ट्युब र अन्य मेडिकल सामग्री राखिएको क्षेत्रमा विद्युत् सर्ट सर्किट भएपछि सुरु भएको थियो।
अस्पताल प्रशासनले घटनाको छानबिन गर्न आदेश दिएको छ । प्रहरी र फोरेन्सिक टोलीहरूले आगलागीको कारणको बारेमा विस्तृत अनुसन्धान गरिरहेका छन् ।