फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
समाचारदाता : गोपाल पौडेल
२०८२ असोज २४ गते ।
धराने मिडिया : दक्षिणी फिलिपिन्सको तट नजिक ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको भू–भौतिक विज्ञान तथा ज्वालामुखी अध्ययन संस्थाका अनुसार, शुक्रबार दावाओ ओरिएन्टल प्रान्तको मनाय नगर नजिक समुद्रको सतहबाट करिब १० किलोमिटर (६ माइल) गहिराइमा भूकम्प आएको हो।
हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि अधिकारीहरूले उद्धार र आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखेका छन् ।
सरकारले सुनामीको सम्भावना रहेको जनाउँदै सतर्क रहन नागरिकहरूलाई अपिल गरेको छ ।
यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए ।




















